Rumpum Advertisement

सुनसरीमा अज्ञात समूहद्वारा स्कूलको सामान चोरी गरी आगजनी

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा अज्ञात समूहद्वारा स्कूलको सामान चोरी गरी आगजनी

इनरुवा,
सुनसरीको इनरुवा नगरपालिका–१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राति अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् ।

अज्ञात व्यक्तिहरुले राति साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान–१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट हुँदा अन्दाजी ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भइरहेको उक्त कार्यालयले जनाएको छ ।