Rumpum Advertisement

चारजनालाई प्रादेशिक पत्रकारीता पुरस्कार

Neuro Revised Adv
Koshi Dashain ad
चारजनालाई प्रादेशिक पत्रकारीता पुरस्कार

विराटनगर, बैशाख २४ ।

राष्ट्रिय पत्रकारीता दिवसको अवसरमा प्रदेश १ सरकारले चारजनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।  लामो समयदेखि निरन्तर पत्रकारीता गर्दै आएका चार जनालाई नगद १ लाख सहित प्रादेशिक पत्रकारीता पुरस्कारबाट सम्मान गरेको हो ।

मंगलबार सञ्चार मन्त्रालयको समेत जिम्मेवारी पाएको आन्तरीक मामिला तथा कानून मन्त्रालयमा आयोजित पुरस्कार वितरण समारोहमा सम्मान गरिएको हो ।

पुरस्कृत तथा सम्मानितहुनेहरुमा हर्ष सुब्बा, चन्द्र भण्डारी, राजकुमार कार्की र नकुल काजी रहेका छन् । चारै जनालाई मुख्यमन्त्री शेरधन राई र आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरेका हुन् । सम्मानित चारैजना ३५ वर्षदेखि निरन्तर पत्रकारीतामा कृयाशिल छन् ।