Rumpum Advertisement

प्रदेश राजधानी : विराटनगरमा दीपावली, धनकुटामा चक्काजाम

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश राजधानी : विराटनगरमा दीपावली, धनकुटामा चक्काजाम

विराटनगर,
प्रदेश १ को स्थायी राजधानी माग गर्दै आएको धनकुटा विराटगरलाई स्थायी राजधानी तोकिएपछि असन्तुष्ठ बनेको छ । स्थायी राजधानी माग्दै एक वर्षयता आन्दोलित बनेको धनकुटा प्रदेशसभाले विराटनगरलाई स्थायी राजधानी तोकेपछि असन्तुष्ट बनेको हो ।

प्रदेशसभास“ग असन्तुष्ट बनेको धनकुटाले मंगलबार धनकुटामा आन्दोलन गरेको छ । मंगलबार आन्दोलनमा उत्रिएको धनकुटाबासीले एक घण्टा कोशी राजमार्गको धनकुटा खण्ड अवरुद्ध गरेका थिए ।

यता प्रदेश १ को स्थायी राजधानी घोषणा भएको विराटनगरले भने दीपावली मनाएको छ । सोमबार साँझ प्रदेश सभाले विराटनगरलाई राजधानी घोषणा गरेपछि नगरबासीले दीपावली गरेर खुसियाली मनाएका हुन् ।

विराटनगरबाट राजधानी सार्न खोजेको भन्दै सोमबार बिहान विराटनगर क्षेत्रमा बन्दको आह्वान गरिएको थियो । तर, सोमबार दिउ“सो मुख्यमन्त्री शेरधन राईस“गको छलफलपछि बन्द फिर्ता लिएर सा“झ दीपालवी गरिएको हो ।

ऐतिहासिक शहर विराटनगर प्रदेश १ को राजधानी घोषणा भएपछि मेयर भीम पराजुलीले दीपावली गर्न नगरबासीलाई आग्रह गरेका थिए ।