Rumpum Advertisement

स्थायी राजधानीको घोषणासँगै प्रदेश संसदको हिउँदे अधिवेशन अन्त्य

Neuro Revised Adv
Koshi Dashain ad
स्थायी राजधानीको घोषणासँगै प्रदेश संसदको हिउँदे अधिवेशन अन्त्य

विराटनगर
स्थायी राजधानी घोषणा गरेसँगै एक नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । २० माघ २०७५ देखि सुरु भएको दोस्रो हिँउदे अधिवेशन २३ वैशाख राति १२ बजेबाट अन्त्य भएको हो ।

एक नम्बर प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङको आदेशअनुसार प्रदेशसभाको दोस्रो अधिबेशन २३ वैशाखदेखि औपचारिक रुपमा अन्त्य भएको हो । सोमबार २३ वैशाखको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखको पत्र पढेर सभाको हिउँदे अधिवेशन अन्त्य भएको सभालाई जानकारी गराएका थिए ।

‘प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालु दोस्रो हिउँदे अधिवेशन २२ वैशाख राति १२ बजेबाट अन्त्य गरको छु’— प्रदेश सभालाई पठाएको पत्रमा प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्वाहाङले भनेका छन् ।

एक नम्बर प्रदेश सचिवालयका अनुसार चालु दोस्रो हिउँदे अधिवेशनमा एक नम्बर प्रदेशसभाले स्थायी राजधानी घोषणा गर्नुका साथै आधा दर्जन बढी बिधेयकहरु पारित गरेको छ । प्रदेश सभाको अगामी वर्षे (बजेट) अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आव्हान गरेपछि सुरु हुनेछ ।