Rumpum Advertisement

धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन

Neuro Revised Adv
Koshi Dashain ad
धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन

धनकुटा,
धनकुटाबासी धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलित भएका छन् । धनकुटाको अस्तित्त्व, पहिचान र इतिहासलाई समाप्त पार्ने कार्य भएको भन्दै धनकुटाबासी आन्दोलित बनेका हुन् ।

धनकुटालाई प्रदेश राजधानी बनाइनुपर्ने माग राख्दै विगतदेखि आन्दोलन गरिँदै आएको थियो । तर, हिजो मात्र विराटनगरलाई स्थायी राजधानीको घोषणा गरिएपछि धनकुटालाई उपेक्षा गरिएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् ।

धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठका अनुसार आज मध्यान्ह १२ देखि १ बजेसम्म चक्का जाम र राति ७ देखि साढे ७ बजेसम्म ब्ल्याक आउट गरिनेछ ।