Rumpum Advertisement

धनकुटामा ट्र्याक्टर अनियन्त्रित भइ भिरबाट खस्दा एक जनाको मृत्यु, चालक फरार

Neuro Revised Adv
Koshi Dashain ad
धनकुटामा ट्र्याक्टर अनियन्त्रित भइ भिरबाट खस्दा एक जनाको मृत्यु, चालक फरार

धनकुटा,
धनकुटामा ट्र्याक्टर अनियन्त्रित भइ भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ । धनकुटाको शहीदभूमी गाउँपालिका–७ देउरालीमा सोमबार भएको उक्त दुर्घटनामा परि ट्र्याक्टरमा सवार सोही स्थान बस्ने २२ वर्षीय ओमबहादुर राइको मृत्यु भएको हो ।

भित्री सडक खण्डमा हिजो साँझ ६ बजे देउरालीबाट चाम्चातर्फ जाँदै गरेको मे१त ३०७० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनापछि ट्र्याक्टरका चालक सोही स्थान बस्ने २५ वर्षीय जीवन परियार फरार रहेकोले खोजी कार्य भइरहेको छ भने मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।