Rumpum Advertisement

राजधानी तोकिएपछि दिपावली

Neuro Revised Adv
Koshi Dashain ad
राजधानी तोकिएपछि दिपावली

विराटनगर, बैशाख २३ ।

विराटनगरलाई प्रदेश नम्बर १ को स्थायी राजधानी तोकिएपछि दिपावली गरि खुसियाली मनाइएको छ । सोमबार बेलुका प्रदेश सभा प्रदेश नम्बर १ को बैठकमा मतदातबाट विराटनगरलाई राजधानी तोक्ने निर्णय हुनासाथ विराटगरमा दिपावली गरिएको हो ।

विराटनगरलाई राजधानी तोक्न दवाब दिन गरिएको बन्द फिर्ता लिएसंगै दिउँसो नै राजधानी विराटगर तोकिने भन्दै विराटगर महानगरपालिकाका मेयर भिम पराजुलीले दिपावली गर्न महानगरबासीसंग आग्रह गरेका थिए ।

महानगरपालिकाको कार्यालय अगाडी आयोजना गरिएको दिपावली कार्यक्रममा मेयर पराजुली, नेकपाका नेता महेश रेग्मी, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेलगायतकाको उपस्थिती रहेको थियो । विराटनगर नै राजधानी हुनु पर्ने माग सहित सोमबार महानगरकै नेतृत्वमा बन्दको आब्हान गरिएको थियो ।

प्राध्यापक डाक्टर भेषप्रसाद धमलाको नेतृत्वमा दवाब समुह नै बनाएर सोमबारदेखि सुरु गरिएको अनिश्चितकालिन हड्ताल मुख्यमन्त्री शेरधन राईसंगको वार्ता पछि फिर्ता लिएका थिए ।