Rumpum Advertisement

प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव बहुमतले पारित

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने प्रस्ताव बहुमतले पारित

 

विराटनगर, बैशाख २३ ।

प्रदेश नम्बर १ को स्थायी राजधनी विराटनगर बनाउने नेकपाको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । सोमबार साझ बसेको प्रदेश सभा बैठकमा सत्ताको नेतृत्व गरिरहेको नेकपाको प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेश सभा बैठकमा नेकपाले विराटनगरलाई राजधानी तोकी वृहत विराट क्षेत्र भित्र व्यवस्थापिका र कार्यपालिका र अन्य कार्यालयकालागि संरचनाहरु निर्माण गर्ने प्रस्ताव पेस गरेको थियो ।

प्रदेश सभा बैठकमा पेस भएको प्रस्तावमा सहमती नुजेटपछि मतदान भएको थियो ।

मतदानका क्रममा दुई तिहाई बहुमतले राजधानी बनाउने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा ८६ मत खसको थियो भने विपक्षमा मत खसेन् ।