Rumpum Advertisement

प्रहरी जवान ज्ञानबहादुर चैत्र महिनाको ‘पुलिस अफ द मन्थ’

Neuro Revised Adv
Koshi Dashain ad
प्रहरी जवान ज्ञानबहादुर चैत्र महिनाको ‘पुलिस अफ द मन्थ’

विराटनगर, बैशाख २३ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञानबहादुर बस्नेत चैत महिनाको पुलिस अफ द मन्थ घोषित भएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयले बस्नेतलाई चैत महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।

अनुसन्धानमा दखल राख्ने बस्नेतलाई गत भदौमा जिल्ला प्रहरी कार्यालय मोरङले पनि पुलिस अफ द मन्थ घोषणा गरेको थियो ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ । विभागीय मुल्य–मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ भएर मानव बेचविखन, जवरजस्ती करणी, हत्या, चोरी जस्ता घटनाको अनुसन्धानमा सहभागि भएका उनलाई पुलिस अफ द मन्थ घोषणा गरिएको हो । उनी प्रहरी चौकी कर्सियामा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ र १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिना सम्म राखिदै आएको छ ।