Rumpum Advertisement

स्थायी राजधानीको प्रस्तावमा छलफलअघि संसदमा फोटो सेसन (फोटो फिचरसहित)

Neuro Revised Adv
Koshi Dashain ad
स्थायी राजधानीको प्रस्तावमा छलफलअघि संसदमा फोटो सेसन (फोटो फिचरसहित)

विराटनगर
प्रदेश सरकार गठन भएको डेढ वर्षपछि आज मुख्य मुद्दा स्थायी राजधानीको टुंगो लाग्दैछ । नाम र स्थायी राजधानीको टुंगो लगाउने तयारीमा जुटेको प्रदेश सरकारले नाममा सहमति जुटाउन नसकेपछि आइतबार स्थायी राजधानीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरायो ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपाका तर्फबाट बुद्धिकुमार राजभण्डारीले राजधानीको प्रस्ताव गर्दा धनकुटा र विराटनगरलाई राजधानी माग गर्दै छुट्टा छुट्टै चारवटा प्रस्ताव दर्ता भए । प्रदेशसभाबाट राजधानीको टुंगो लगाउन आज दिउँसो २ बजेलाई संसद बैठक बोलाइएको थियो । तर, मुख्यमन्त्री शेरधन राईको कार्यव्यस्तताका कारण बैठक केही ढिलो गरी बैठक सुरु भयो ।

राजधानी घोषणा हुने बैठकअघि प्रदेश संसद प्रदेशसभाभित्र राजधानीको टुंगो लगाउन उत्सुक देखिन्थे । राजधानी घोषणाको एतिहासिक क्षणलाई स्मरणीय बनाउन संसदहरु फोटो खिच्न पनि व्यस्त थिए । केही संसद भने एकअर्कासँग गफिँदै थिए ।