Rumpum Advertisement

मुख्यमन्त्रीको आश्वासनपछि विराटनगरको आमहड्ताल फिर्ता, दीपावली मनाउन मेयरको आग्रह

Neuro Revised Adv
Koshi Dashain ad
मुख्यमन्त्रीको आश्वासनपछि विराटनगरको आमहड्ताल फिर्ता, दीपावली मनाउन मेयरको आग्रह

विराटनगर,
विराटनगरलाई स्थायी राजधानी बनाउन माग गर्दै सुरु भएको अनिश्चितकालीन आमहड्ताल फिर्ता भएको छ ।

मुख्यमन्त्री शेरधन राईले विराटनगरमा नै कार्यपालिका र व्यवस्थापिका संरचना निर्माण गर्ने आश्वासन दिएपछि सोमबारबाट आह्वान गरेको अनिश्चितकालीन हड्ताल फिर्ता भएको हो । प्रदेश १ का मुख्यमन्त्री राई र विराटनगरलाई स्थायी राजधानी घोषणा गर्न माग गरिरहेको समितिबीच सोमबार दिउँसो छलफल भएको थियो ।

छलफलपछि विराटनगरलाई स्थायी राजधानी घोषणा गरी संरचना एकै स्थानमा निर्माण गर्ने सहमति भएपछि बन्द फिर्ता भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । प्रदेश सरकारले विराटनगरमा नै व्यवस्थापिका र कार्यपालिकाको संरचना स्थापना गर्ने आश्वासन दिएको छ ।

मुख्यमन्त्रीको आश्वासनपछि आन्दोलन फिर्ता भएको मेयर भीम पराजुलीले बताए । पराजुलीले विराटनगरमा नै स्थायी राजधानी हुने भएकाले दीपावली गर्न सबैलाई आग्रह गरेका छन् । ‘राजधानी विराटनगरमा नै रहन्छ,’ मेयर पराजुलीले भने, ‘नगरबासीले दीपावली मनाउनु पर्छ ।’

सोमबार बिहानबाट सुरु भएको आन्दोलनलाई दीपावली र खुशियालीमा रुपान्तरण गर्नुपर्ने पराजुलीले बताए ।