Rumpum Advertisement

विराटनगरलाई स्थायी राजधानी कायम गर्न माग राख्दै प्रदर्शन (फोटो फिचर)

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरलाई स्थायी राजधानी कायम गर्न माग राख्दै प्रदर्शन (फोटो फिचर)

सुरज ढुङ्गाना

विराटनगर,
अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई पूर्णस्थायी राजधानी कायम गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ । सोमबार दिउँसो प्रदेशसभा भवन अगाडि उनीहरूले विराटनगरलाई स्थायी राजधानी घोषणा गर्न माग राख्दै प्रदर्शन गरेका हुन् ।

प्रदेशसभा प्रवेश गर्ने गेटअगाडि नै ‘ओली सरकार मूर्दावाद’, ‘जनता झुक्याउन पाइँदैन’, ‘दुई तिहाइको बहुमत मूर्दावाद’ लगायतका नारासहित उनीहरू प्रदर्शन गरेका हुन् ।

स्थायी राजधानीकै विषयलाई लिएर सोमबारबाट विराटनगरमा अनिश्चितकालिन आम हडताल गरिएको छ । विराटनगर महानगरपालिका, उद्योगी व्यापारी र यहाँका नागरिक समाजले गठन गरेको शान्तिपूर्ण दवाव समितिले विराटनगरलाई पूर्णस्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमवारबाट एक्कासी अनिश्चितकालिन आमहडताल आव्हान गरिएको हो ।

राजधानीका संरचना एकै स्थानमा राख्नु पर्ने मागसहित अस्थायी राजधानी विराटनगरमा अनिश्चितकालीन आमहडताल सुरु भएको हो । पूर्ण स्थायी राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार बजारपसाल ठप्प बनाएका छन् ।