Rumpum Advertisement

विराटनगरका मेयर भन्छन् – ‘जनस्तरबाट भएको बन्दलाई हाम्रो समर्थन छ’

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका मेयर भन्छन् – ‘जनस्तरबाट भएको बन्दलाई हाम्रो समर्थन छ’

विराटनगर,
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जनस्तरबाट भएको आन्दोलनमा आफ्नो र महानगरपालिकाको समर्थन रहेको बताएका छन् । प्रदेश १ को सरकारको नेतृत्व गरिरहेको नेकपाले स्थायी राजधानी घोषणा गर्दा संरचनाहरु विराटनगरबाट विकेन्द्रीकृत गर्नेगरी प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरेपछि अस्थायी राजधानी विराटनगरमा सोमबारदेखि अनिश्चितकालीन आमहड्ताल गरिएको छ ।

हड्तलाका कारण बजार, पसल यातायात पूर्णरूपले अवरुद्ध छन् । सडक अवरुद्ध भएका कारण अस्पताल आएका सर्बसाधरण समस्या भोग्न बाध्य छन् । राजधानी विकेन्द्रीकृत गर्न हु“दैन भन्ने जनस्तरबाट उठेको मागलाई आफ्नो समर्थन रहेको पराजुलीले बताए । ‘नागरिक स्तरबाट भएको शान्तिपूर्ण आन्दोलनमा मेरो सर्मथन छ’, उनले भने, ‘जनस्तरबाट उठेको आन्दोलनलाई स्वभाविक रुपमा हामीले समर्थन गर्ने कुरा आइहाल्छ ।’

उनले आफू पहिले विराटानगरबासी र त्यसपछि मात्र मेयर भएका कारण शान्तिपूर्ण आन्दोलनलाई समर्थन गर्ने बताए । पराजुलीले महानगरपालिकाले नभई जनस्तरबाट आन्दोलन भएको बताए । राजधानी विराटनगरलाई घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका कार्यालय अन्यन्त्र लैजाने व्यवहारिक निर्णय नभएको पराजुलीको भनाइ छ ।

‘काठमाडौंमा हेरौँ न सिंहदरबार र नया“ बानेश्वर टाढा भयो भन्ने आवाज उठिरहेको छ,’ उनी भन्छन्, ‘जनतालाई सहज बनाउन एकै ठाउँमा संरचना निर्माण गर्नुपर्ने हो तर राजधानी विराटनगरलाई घोषणा गरेर कार्यापालिका र व्यवस्थापिका कार्यालय इटहरी आसपास राख्ने निर्णय व्यवहारिक छैन् ।’

नेकपाको प्रस्ताव ‘टाउको एकातिर खुट्टा र जिउ अर्काेतिर राख्ने’ जस्तो भएको उनको भनाइ छ । प्रदेश सरकारले पेश गरेको प्रस्ताव तत्काल सच्याउनु पर्ने उनको भनाइ छ । मेयर भीम पराजुलीले प्रदेश संरचना निर्माणका लागि प्रदेश सरकारका लागि तत्काल ५० विगाह जग्गा दिने बताएका थिए ।