Rumpum Advertisement

स्थायी राजधानीको माग गर्दै विराटनगर बन्द (फोटो कथासहित)

Neuro Revised Adv
Koshi Dashain ad
स्थायी राजधानीको माग गर्दै विराटनगर बन्द (फोटो कथासहित)

विराटनगर,
अस्थायी राजधानी रहेको विराटनगर महानगरलाई पूर्णस्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमबारबाट विराटनगरमा अनिश्चितकालिन आम हडताल गरिएको छ ।

विराटनगर महानगरपालिका, उद्योगी व्यापारी र यहाँका नागरिक समाजले गठन गरेको शान्तिपूर्ण दवाव समितिले विराटनगरलाई पूर्णस्थायी राजधानी घोषणा गराउन माग गर्दै सोमवारबाट एक्कासी अनिश्चितकालिन आमहडताल आव्हान गरिएको हो ।

राजधानीका संरचना एकै स्थानमा राख्नु पर्ने माग सहित अस्थायी राजधानी विराटनगरमा अनिश्चित कालिन आमहडताल सुरु भएको हो । पूर्ण स्थायी राजधानी माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयले सोमबार बजारपसाल ठप्प बनाएका छन् । बन्दका कारण सोमबार विहानैदेखि सवारी साधन सञ्चालन रोकिएको छ । शैक्षिक संस्था, बजार, उद्योग तथा कलकारखाना बन्द छन् ।

आन्दोलनकारीले प्रशासनिक केन्द्र विराटगरमा नै निर्माण गर्न माग गर्दै नाराबाजी गरिरहेका छन् । आन्दोलनकारीले बिहानै देखि चोक चोकमा तार बानेर सडक अबरोध गरेका छन् । विराटनगरमा केहि स्थानमा मोटरसाइकल समेत बन्द गरेका छन् ।