Rumpum Advertisement

मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयो

विराटनगर,
मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा बसको ठक्करबाट आइतवार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत अपरान्ह सवा ५ बजे पश्चिमतर्फ जाँदै गरेको को१ख २१४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे१०प ६२११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार झापा मेचीनगर नगरपालिका–२ बस्ने २६ वर्षीय जीवन राई गम्भीर घाइते भएका थिए ।

घाइते उनको उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा साँझ ६ः२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बस, बस चालक र मोटरसाईकललाई प्रहरी चौकी गछियाको नियन्त्रणमा राखिएको छ ।