Rumpum Advertisement

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी ‘समर वेट फेस्टा’ हुने

Neuro Revised Adv
Koshi Dashain ad
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी ‘समर वेट फेस्टा’ हुने

विराटनगर,
कक्षा १२ को परिक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा ‘समर वेट फेष्टा’ हुने भएको छ । यही २७  गते विराटनगरको पुष्पलाल चौकमा रहेको ड्रिम गार्डेनमा स्विमिङ् पुलमा गर्मीमा युवाहरुले मस्ति गर्न पाउने छन् ।

दिउँसो २ वजेदेखि सुरु हुने फेष्टाको मुख्य आकर्षणका रुपमा कववेव व्याण्डको प्रस्तुती रहने छ । कार्यक्रममा विभिन्न डिजेहरुको सांगीतिक प्रस्तुती रहने छ । जसमा धरानी डिजे ज्यान र उर्लावारीका डिजे केडी रहने छन् ।

चर्काे गर्मी र परिक्षाको तनाबबाट पिरोलिएका किशोरहरुले फेष्टामा मनोरञ्जन गर्ने आयोजकको अपेक्षा रहेको छ । विराटनगरको टिम मोडिफिकेसनले आयोजना गर्न लागेको फेष्टामा डिजाइन बैंक इनोभेसन काठमाण्डौँको क्रिएसन रहेको छ । फेष्टाकोलागि प्रवेश शुल्क भने ३ सय, ५ सय र १ हजार रुपैयाँ राखिएको छ ।

सिल्भर समूहको टिकट भने १२ को परिक्षा दिएको विद्यार्थीका लागि मात्रै रहेको आयोजकले जनाएको छ । उक्त टिकटका लागि आफ्नो परिचय पत्र देखाउनु पर्नेछ ।

साथै उक्त कार्यक्रममा भ्वाइस अफ नेपालको टप ३ फाइनालिस्टमा पर्न सफल विराटनगरका श्रिजय थपलिया र ब्याण्डको प्रस्तुतीसमेत रहेकाे जानकारी दिइएको छ ।