Rumpum Advertisement

मेची अञ्चल अस्पतलाको नाम परिवर्तन गर्न प्रदेश सांसदको माग

Neuro Revised Adv
Koshi Dashain ad
मेची अञ्चल अस्पतलाको नाम परिवर्तन गर्न प्रदेश सांसदको माग

विराटनगर, बैशाख २२ ।

प्रदेश सभा संँसद ओमप्रकाश सरावागीले झापाको भद्रपुर स्थित मेची अञ्चल अस्पतालको नाम परिवर्तन गर्न माग गरेका छन ।


एक नम्बर प्रदेश सभाको आइतबार बसेको बैकको शुन्य समयमा बोल्दै काँग्रेस सांसद ओमप्रकाश सरावागीले मेची अञ्चल अस्पतालको नाम मेची प्रदेश अस्पताल बनाउन माग गरेका हुन ।

झापाको भद्रपुरमा रहेको मेची अस्पताल हाल प्रदेश सरकार मातहत रहेको एक मात्र ठूलो अस्पताल भएकोले त्यसको नाम अञ्चलका रुपमा नभइ प्रदेशका रुपमा हुनुपर्ने उनले जिकिर गरे ।

यसैगरि मेची अस्पताल प्रदेशको ठूलो मध्येको अस्पताल भएपनि स्तरोन्नती अभावमा सेवा प्रभावकारी हुन नसकेको प्रदेश सभालाई जानकारी गराए । उनले मेची अस्पतालमा भौतिक पुर्वाधार, चिकित्सकिय उपकरण र आवश्यक दक्ष जनशक्ति थप गरेर प्रभावकारी रुपमा संचालन गराउन प्रदेश सरकारसँग माग गरे ।

सांसद सरावागीले बजेट अभावमा बन्दै गरेको नयाँ भवन पनि अलपत्र परिरहेकोले त्यसकालागि आबश्यक बजेट बिनियोजन गर्न पनि प्रदेश सरकारलाइ आग्रह गरे ।

एक नम्बर प्रदेशमा कोशी र मेची दुई वटा मात्र अञ्चल अस्पताल छन । विराटनगरमा रहेको कोही अञ्चल अस्पताल संघीय सरकार मातहत गइसकेकोले मेची अस्पताल मात्र प्रदेश सरकार मातहत छ ।

सांसद सरावागीले जग्गा खोजबिन गरेर आवश्यक पुर्वाधार निर्माण गर्न सके मेची अस्पताललाइ प्रदेश मातहतको टिचिङ अस्पताल बनाउन सकिने बताए ।