Rumpum Advertisement

प्रदेश राजधानी : धनकुटा र विराटनगरलाई केन्द्र तोक्न चारवटा प्रस्ताव

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश राजधानी : धनकुटा र विराटनगरलाई केन्द्र तोक्न चारवटा प्रस्ताव

विराटनगर, बैशाख २१ ।  स्थायी राजधानीकालागि एक नम्बर प्रदेश सभामा चार वटा प्रस्ताव दर्ता भएका छन ।

एक नम्बर प्रदेश सभाले तोकेको आइतबार सम्मको दोस्रो समय सिमा भित्र आज आइतबार स्थायी राजधानीकालागि चार वटा प्रस्ताव दर्ता भएकाृ हुन । सत्ताधारी दल नेकपाको तर्फबाट बिराटनगरलाई मुख्य राजधानी मानेर वृहत विराटनगर बिकास क्षेत्र अन्र्तगतको सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचा क्षेत्रभित्र संरचनाहरु रहनेगरि प्रस्ताव दर्ता भएको छ ।

त्यस्तै मुख्य प्रतिपक्षी दल काँग्रेस र संघीय समाजबादीको तर्फबाट विराटनगर महानगरपालिकालाई नै स्थायी राजधानी बनाउनकालागि प्रस्ताव दर्ता भएको छ।

यसैगरि नेकपाका धनकुटा जिल्लाका सांसदहरुले धनकुटा राजधानी माग गर्दै प्रस्ताव दर्ता गराएका छन भने धनकुटाकै काँग्रेस साँसदले पनि धनकुटा राजधानी माग गदै प्रस्ताव दर्ता गराएका छन ।

धरान उपमहानगरपालिकालाई स्थायी राजधानी माग गर्दै दिउँसो प्रदेश सभा भवन अगाडी धरानेहरुले सिटी जुलुस प्रर्दशन गरेपनि प्रस्ताव भने दर्ता गरेका छैनन ।
दर्ता भएका प्रस्तवाहरु सोमवार प्रदेश सभामा प्रबेश गरेर सैद्धान्तिक स्विकृती प्राप्त गरेपछि मात्र छलफल प्रारम्भ हुनेछ ।