Rumpum Advertisement

पहिचानका आधारमा प्रदेश एकको नामाकरण गर्न मुख्यमन्त्रीलाई ज्ञापन

Neuro Revised Adv
Koshi Dashain ad
पहिचानका आधारमा प्रदेश एकको नामाकरण गर्न मुख्यमन्त्रीलाई ज्ञापन

विराटनगर
एक नम्बर प्रदेशको नामाकरण गर्दा पहिचानलाई प्राथमिकता दिन खम्बुवान राष्ट्रिय मोर्चाले माग गरेको छ । आइतबार प्रदेश १ का १४ वटा जिल्लाहरुका प्रमुख जिल्ला अधिकारीहरुमार्फत प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पहिचानका आधारमा प्रदेशको नामाकरण गर्न माग गरेको हो ।

मोर्चाले राजनीतिक अधिकारसहितको खम्बुवान, लिम्बुवान प्रदेश नामकरण गर्न माग गरेको हो । मोर्चाका मोरङ अध्यक्ष रणेन्द्र यिम्प्राहाङ र सचिव राजुदेव राईले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीलाई ज्ञापन पत्र बुझाएका थिए ।

प्रदेश १ को नामकरण गर्ने गर्दा पहिचानलाई नसमेटे आन्दोलन हुने खम्बुवानले बताएको छ ।