Rumpum Advertisement

प्रदेश राजधानी : विराटनगरलाई केन्द्र बनाएर बृहत विराट क्षेत्र भित्र संरचना बनाउने नेकपाको निर्णय

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश राजधानी : विराटनगरलाई केन्द्र बनाएर बृहत विराट क्षेत्र भित्र संरचना बनाउने नेकपाको निर्णय

विराटनगर । प्रदेश १ को स्थायी राजधानी विराटनगरलाई तोकेर संरचना वृहत विराट क्षेत्र भित्र निर्माण गर्ने नेकपाले निर्णय गरेको छ ।

नेकपा संसदीयदलको बैठकले विराटनगरलाई केन्द्र बनाएर इटहरी र गोठगाउँमा कार्यपालिका र व्यवस्थापिकाका कार्यलयहरु स्थापना गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार प्रस्ताव प्रदेशसभामा आजै प्रस्ताव दर्ता गराउने नेकपाले बताएको छ । नेकपाले बताउँदै आएको वृहत विराट क्षेत्र मोरङ र सुनसरीका १८ वटा स्थानीयतहहरु समेटिएका छन् ।

नेकपाका केही संसदले धनकुटालाई राजधानी माग गर्न बेग्लै प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् । नेकपाका संसद निरन राई सहितको टोलीले धनकुटालाई प्रदेश राजधानी बनाउन छुट्टै प्रस्ताव दर्ता गराउने तयरी गरेका हुन् ।