Rumpum Advertisement

प्रदेश राजधानीका लागि विराटनगर महानगरपालिकाले ५० विगाह जग्गा दिने

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश राजधानीका लागि विराटनगर महानगरपालिकाले ५० विगाह जग्गा दिने

विराटनगर । प्रदेश १ को स्थायी राजधानीकालागि संरचना निर्माण गर्न विराटनगर महानगरपालिकाले ५० विगाह जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने बताएको छ ।

प्रदेश सरकारले विराटनगरलाई केन्द्र बनाएर प्रदेशका संरचना इटहरी र गोठगाउँ बनाउने तयारी गरेपछि महानगरपालिकाले राजधानीकालागि ५० विगाह जग्गा उपलब्ध गराउने बताएको हो ।

शनिवार विज्ञप्ती जारी गर्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरको स्वामित्वमा रहेका सार्बजनिक जग्गा सरकारलाई उपलब्ध गराउने जानकारी दिए । त्यस बाहेक मुख्यमन्त्री शेरधन राईले अघि सारेको स्याटलाइट सिटी निर्माणकालागि विराटनगर १९ मा सरकारलाई आवश्यक पर्ने जग्गा उपलब्ध गराउने मेयर पराजुलीले बताए ।

महानगरपालिकाले विराटनगर जुटमिलको स्वामित्वमा रहेको जग्गा, नेशनल ट्रेडिङ, कोशी प्रोजेक्टर, कोचाखाल र विराटनगर १९ मा गरी ५० विगाह जग्गा तत्काल उपलब्ध गराउने बताएको हो ।

मेयर पराजुलीले स्याटलाइट सिटीकालागि आवश्यक पर्ने सम्पूर्ण जग्गा उपलब्ध गराउन महानगरले जग्गा प्राप्तिको प्रकृया समेत अघि बढाएको बताए । विराटनगर १९ मा ल्याडपुलिङ मार्फत महानगरको स्वामित्वमा आएको जग्गा प्रदेश सरकारलाई हस्तान्त्रण गर्ने पराजुलीले बताए ।

मेयर पराजुलीले राजधानीकालागि आवश्यक परेका सम्पूर्ण संरचना निर्माण गर्न महानगरले सहयोग गर्ने बताउँदै बिकल्प नखोज्न पनि आग्रह गरेका छन् ।