Rumpum Advertisement

विराटनगरको आकस्मिक बोर्ड बैठकः राजधानी विकेन्द्रीकरण गर्ने निर्णय विरुद्ध आन्दोलन गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरको आकस्मिक बोर्ड बैठकः राजधानी विकेन्द्रीकरण गर्ने निर्णय विरुद्ध आन्दोलन गर्ने

 

 

विराटनगर ।  प्रदेश नम्बर १ सरकारको नेतृत्व गरिरहेको नेकपाले स्थायी राजधानी वृहत विराट क्षेत्र भित्र निर्माण गर्न संसदमा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको आकस्मिक बोर्ड बैठक बसेको छ ।

तीन दिन लामो छलफलपछि शुक्रवार नेकपाले तत्काल स्थायी राजधानीको प्रस्ताव लैजाने निर्णय गरेको हो । नेकपाले विराटनगरलाई केन्द्र बनाएर वृहत विराट क्षेत्र भित्र पर्ने इटहरी र गोठगाउमा प्रदेश संरचना राख्ने प्रस्तावमा सहमति गरेको थियो । तर बिकेन्द्रीकरणको नाममा राजधानी सार्ने षडयन्त्र भएको बताउँदै महानगरपालिकाले आन्दोलन गर्ने निर्णय गरेको हो ।

शनिवार बसेको बोर्ड बैठकले  राजधानी सार्ने षडयन्त्र भए महानगरपालिकाको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

बैठलले राजधानी विकेन्द्रीत गर्ने र दिर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै वृहत छलफल गर्ने निर्णय पनि गरेको छ । भेलाबाट प्रदेश सरकार र ठूलो दल नेकपालाई दवाव दिने तयारी छ ।

बिकेन्द्रीकरणको नाममा राजधानी सार्ने निर्णय भएपछि मेयर भीम पराजुलीले नेकपाको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ।’मेयर पराजुलीले भने ‘ ऐतिहासिक महत्व बोकेको विराटनगरको बिकल्प खोज्न हुदैन् ।’
राजनीतिक, आर्थिक र सांस्कृतिक महत्व बोकेको विराटनगर विराटनगरको बिकल्प खोजे नगरबासी सडकमा ओर्लन बाध्य हुने मेयर पराजुलीले बताए ।

बिहिवार विराटनगरका दुई औद्योगिक संस्थाहरुले विज्ञप्ती जारी गर्दै ऐतिहाँसिक शहर विराटनगरबाट प्रदेशको राजधानी नसार्न आग्रह गरेको थियो । उद्योगी व्यवसायीहरुको साझा संस्था उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरी राजधानी नसार्न आग्रह गरेको  थियो ।