Rumpum Advertisement

७० वर्ष माथीका आमाको मुख हेरे ग्रिनल्याण्डका विद्यार्थीहरुले

Neuro Revised Adv
Koshi Dashain ad
७० वर्ष माथीका आमाको मुख हेरे ग्रिनल्याण्डका विद्यार्थीहरुले


विराटनगर, बैशाख २० ।

विराटनगर–५ मा रहेको ग्रिनल्याण्ड सेकेण्डरी स्कूलले मातातिर्थ औंसीको अवसरमा स्कूलमा अध्ययनरत विद्यार्थीहरुका आमाहरुलाई सम्मान गरेको छ ।

अध्ययनरत विद्यार्थीहरुका अभिभावक मध्ये ७० वर्षभन्दा माथिका आमा तथा हजुरआमाको घरमा गएर मुख हेर्दै विद्यार्थीहरुले सम्मान गरेका हुन् । सो अवसरमा मिठा परिकारका साथै फलफुल खुवाई खादा ओढाएर सम्मान गरेको स्कूलका निर्देशक दिनेश दाहालले जानकारी दिए । निर्देशक दाहालले २४ जना आमा तथा हजुरमाहरुलाई सम्मान गरिएको जनाएका छन् ।

संस्कृती संरक्षण गर्दै वालवालिकालाई आप्mना अभिभावकप्रति थप उत्तरदायी बनाउने विश्वास लिएको निर्देशक दाहालले बताए । शिक्षालाई जिवन उपयोगी बनाउन र वालवालिकालाई सामाजिकीकरणको बाटोमा अगाडि बढाउन निरन्तर यस्ता कार्यक्रम आयोजना गरिने स्कूलका प्रिन्सिपल दिपक पोखरेलले बताए ।