Rumpum Advertisement

भैँसी करणी आरोपमा अदालतमा फिराद दर्ता

Neuro Ad
भैँसी करणी आरोपमा अदालतमा फिराद दर्ता

विराटनगर, बैशाख २० ।

दुहुनु भैँसीलाई करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा फिराद दर्ता भएको छ ।

मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्र्षीय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भँैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैँसीधनीको तर्फबाट फिराद दर्ता भएको हो ।

हस्ताले छिमेकीको गोठमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे करणी गरेको इलाका प्रहरी सिजुवाले जनाएको छ । सिजुवाका प्रहरी निरिक्षक रामचन्द्र साहका अनुसार गोठमा बाँधेको भैँसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए ।

गोठमा बाँधेको भैँसी हराएपछि धनीले खोजी गर्दा बाँस झ्याङमा फेला परेको थियो । करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गर्ने गाँउकै युवा मंगल भएको खुलेको हो ।

हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन । पशु करणी फौजदारी दुनियाँवादी अपराध भएकोले प्रहरीले नभइ भैँसीधनीले आरोपीलाई कार्वाही माग गर्दै अदालतमा फिराद पत्र दर्ता गराएका हुन् ।

मोरङ अदालतका श्रेस्तेदार इश्वरमाणि ओझाका अनुसार पशु करणी गर्नेलाई एक बर्ष कैद र १० हजार रुपैया सम्म जरीवना हुने बेबस्था छ ।