Rumpum Advertisement

एक नम्बर प्रदेशको स्थायी राजधानी वृहत विराट क्षेत्र भित्र

Neuro Revised Adv
Koshi Dashain ad
एक नम्बर प्रदेशको स्थायी राजधानी  वृहत विराट क्षेत्र भित्र

विराटनगर, बैशाख २० ।

एक नम्बर प्रदेशको स्थायी राजधानी वृहत विराट क्षेत्रभित्र घोषणा गराउने सत्ताधारी दल नेकपाले निर्णय गरेको छ ।

दुई दिनसम्म बसेको नेकपाको प्रदेश हेडक्वार्टर बैठकले शुक्रबार नयाँ संरचना बनाएर राजधानी एकै ठाउँमा केन्द्रित गर्नेगरि वृहत्त विराटनगर बिकास क्षेत्र भित्र स्थायी राजधानी घोषणा गराउने निर्णय गरेको हो ।

नेकपा एक नम्बर प्रदेश समिति ईन्र्चाज भीम आर्चायले स्थायी राजधानी वृहत्त विराटनगर घोषणा गरेर विराटनगरलाई बिस्तार गरि प्रशासनिक संरचनाहरु एकै ठाउँमा निर्माण गर्ने र व्यवस्थापिका संसद सुनसरीको ईटहरीमा राख्ने निधो भएको जानकारी गराए । यद्यपी नेकपाले प्रदेशको स्थायी राजधानी र नामबारे भएको निर्णय औपचारिक रुपमा बाहिर सार्वजनिक गरेको छैन ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले स्थायी राजधानी बिकेन्द्रित नभइ एकै ठाउँमा हुने र बिस्तारित विराटनगरको रुप हुने बताए । उनले संसदीय दलमा निर्णय हुन बाँकी रहेकोले तत्काल राजधानी र प्रदेशको नामबारे प्रस्ट बताउन नहुने भन्दै घुमाउरो पारामा उनले भने ,– ‘यति बुझ्नुहोस् वृहत्त विराटनगर क्षेत्रभित्र केन्द्र बनाएर नयाँ स्याटेलाईट सिटी भित्र सबै प्रशासनिक संरचनाहरु एकै ठाउँमा हुनेछन् । तर नया संरचना नबनाएसम्म सबै संरचनाहरु विराटनगर महानगरपालिका भित्रै रहनेछन् ।’

नेकपा स्रोतका अनुसार नयाँ संरचनाकालागि स्याटेलाईट सिटी इटहरी विराटनगर र गोठगाउँलाई केन्द्र बनाएर निर्माण गरिनेछ ।
मुख्यमन्त्री राईका अनुसार वृहत्त विराटनगर बिकास क्षेत्रभित्र स्थायी राजधानीको नयाँ प्रशासनिक केन्द्र बनाउनेबारे प्रतिपक्षी दलहरुसँग पनि सहमती जुटाइने छ । उनले भने , –प्रचुर समय छ हामी अन्य दलहरुसँग पनि छलफल गरेर सहमती बनाउन सफल हुनेछौँ ।’

संसदीय दलको बैठक स्थगित

नाम र राजधानीकालागि निरन्तर नेकपा पार्टी हेडक्वार्टरको बैठक बसकोले शुक्रबार दिउँसो हुने भनिएको ससदिय दलको बैठक पनि स्थगित हुन पुग्यो । संसदिय दलको बैठक बैशाख २२ गते बिहान ११ बजे बस्ने मुख्यमन्त्री तथा संसदिय दलका नेता शेरधन राईले बताए ।

उनका अनुसार पार्टी निर्णय संसदीय दलमा जानकारी गराएर सहमती बनाएपछि स्थायी राजधानीको प्रस्ताव बैशाख २२ गते नै प्रदेश सभामा दर्ता हुनेछ । यसअघि बुधबार र बिहिबार हुने भनिएको संसदीय दलको बैठक पनि स्थगित भएको थियो ।

नामको प्रस्ताव दर्ता हुने संभावना कम

चालु अधिबेशन भित्र एक नम्बर प्रदेशको नामकरण टुगो लाग्ने संभावना कम हुदै गएको छ । स्थायी राजधानीको मुद्दा पेचिलो बनेकोले पहिले एउटालाई टुंगो लगाउने योजना प्रदेश सरकार र नेकपाको छ ।

मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण भन्दा स्थायी राजधानी बढी महत्वपुर्ण भएकोले पहिले राजधानीको बिषय टुगो लगाउन लागेको बताए । उनले भने, –‘राजधानी टुंगो नलाग्दा प्रशासनिक संरचना निर्माण र काम कार्वाहीमा समस्या हुने देखियो, यसैले नामलाई भन्दा राजधानीलाई पहिलो प्राथमिकता दिएका हौ यद्यपी सहमती भयो भने दुवैलाई ल्याउन पनि सक्छौ ।’