Rumpum Advertisement

प्रहरी र नागरिक उड्यन कार्यालयबीच छलफल

Neuro Revised Adv
Koshi Dashain ad
प्रहरी र नागरिक उड्यन कार्यालयबीच छलफल


विराटनगर, बैशाख २० ।

जिल्ला प्रहरी कार्यालय मोरङले नागरिक उड्यन प्राधिकरण विराटनगर र हवाई क्षेत्रका प्रतिनिधिसंग सुरक्षाका विषयमा छलफल गरेको छ ।

शुक्रबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थल कार्यालय विराटनगरका निर्देशक टेकनाथ सिटौला लगायतको समु्हसंग छलफल गरेको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग चिया कार्यक्रमलाई निरन्तरता दिने क्रममा नागरिक उड्यन सम्बद्ध निकायसँगचियापान कार्यक्रम गरिएको मोरङ प्रहरीले जनाएको छ ।

कार्यक्रममा विराटनगर विमानस्थल कार्यालय विराटनगरका निर्देशक सिटौला, बुद्ध एयरका कौशल भण्डारी, श्री एयरलाईन्सका अर्जुन कार्की, यति एयरलाईन्सका प्रेम कुवर, सौर्य एयरलाईन्सका देवेस खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसी, प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीलगायतका प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङको सभाहलमा आयोजित कार्यक्रममा शान्ति सुरक्षा लगायतका समसामयिक विषयमा छलफल भएको प्रहरी उपरिक्षक मनोजकुमार केसीले बताए ।