Rumpum Advertisement

जनता बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र विराटनगर अस्पतालमा छुट

Neuro Revised Adv
Koshi Dashain ad
जनता बैंकका ग्राहकलाई विराट मेडिकल कलेज र विराटनगर अस्पतालमा छुट

विराटनगर,
जनता बैंक नेपाल लिमिटेडका ग्राहकले विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल तथा विराटनगर अस्पताल प्रा.लि.मा विशेष उपचार छुट पाउने भएका छन् । गत वैशाख १५ गते जनता बैंक लिमिटिडले विराट मेडिकल कलेज र विराटनगर अस्पतालसँग स्वास्थ्यमा छुटसम्बन्धि सम्झौता गरेका हुन् ।

विशेषगरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुवै अस्पतालसँग उक्त सम्झौता भएको हो । सम्झौताअनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरूले उक्त अस्पतालहरूबाट विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा उपभोगका लागि अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गर्नुपर्नेछ ।