Rumpum Advertisement

विराटनगरमा ट्र्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरमा ट्र्याक्टरको ठक्करबाट बालिकाको ज्यान गयो

विराटनगर

विराटनगर महानगरपालिका–१२ मंगलबारेमा ट््याक्टरको ठक्करबाट बालिकाको ज्यान गएको छ । मंगलबारेस्थित भित्री सडक खण्डमा आज ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको हो ।

को २ च २१२४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा दीपनारायण राजवंशीकी छोरी १० वर्षीय चन्द्रकला राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । अरुणोदय आधारभूत विद्यालयको कक्षा ४ मा अध्ययनरत चन्द्रकलालाई विद्यालय जाँदै गर्दा बिहान साढे ९ बजे ट्रयाक्टरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारका क्रमममा कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।