Rumpum Advertisement

सुनसरीबाट ६० किलो गाँजासहित एक भारतीय समातिए

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीबाट ६० किलो गाँजासहित एक भारतीय समातिए

इनरुवा,
सुनसरीबाट ६० किलो गाँजासहित एक भारतीय पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित दसरश मेहता पक्राउ परेका हुन् ।

भारतको सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका उनलाई भारी मात्रामा गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए । नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई पक्राउ गरेको हो ।

६० किलो गाँजासहित पक्राउ परेका उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।