Rumpum Advertisement

स्पष्ट कानूनको अभावमा व्यक्तिगत घटना दर्तामा समस्या

Neuro Revised Adv
Koshi Dashain ad
स्पष्ट कानूनको अभावमा व्यक्तिगत घटना दर्तामा समस्या

विराटनगर
आवश्यक र स्पष्ट कानुनको अभावमा व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउन असहज रहेको जनप्रतिनिधिहरुले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँद्वारा व्यक्तिगत घटना दर्ताका विषयमा जानकारी दिने उद्देश्ले विराटनगर आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्डका वडाध्यक्ष र सचिवहरुको सहभागीता रहेको थियो । उनीहरुले व्यक्तिगत घटना दर्ताका लागि अनेकौँ चुनौती रहेको बताए । टेस्टट्युब बेवी, अनैतिक सम्बन्धबाट जन्मेका बालबालिका, नेपालमा आएर बच्चा जन्माउने क्रम, नेपाली आमा तर भारतीय नागरिकले विवाह गरी छोडिएका महिलाबाट जन्मिएका सन्तानलगायतका धेरैलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समस्या रहेको बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले नागरिक पन्जीकरणलाई सार्वजनिक सेवा प्रवाह तथा नागरिकता एवम राष्ट्रिय परिचय पत्र प्राप्तिको प्रमुख र प्राथमिक कानूनी प्रमाणको रूपमा विकास गर्नु वर्तमान समयको आवश्यकता रहेको बताए । उनले स्थानीय तहले दिनुपर्ने सेवाका विषयमा जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले सेवाग्राही जनताको आवश्यकता र कानुनमा रही सेवा प्रवाह गर्न आग्रह गरे । व्यक्तिगत घटना दर्तालाई विश्वसनीय, भरपर्दो, किटानयोग्य र पूर्ण कानुनी मान्यताप्राप्त बनाउने काममा वडा अध्यक्ष र वडा सचिवले ध्यान दिन आवश्यक रहेको औँल्याए ।

नबुझेका कुरा कानूनत अध्ययन गरी सेवाग्राहीले दुःख नपाउने गरी काम गर्न वडा सचिवहरुलाई पराजुलीले निर्देशन समेत दिए । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकिय अधिकृत एक देव अधिकारीलगायतको सहभागिता रहेको थियो ।