Rumpum Advertisement

बेलबारी जंगलमा विभत्स अवस्थामा शव

Neuro Ad
बेलबारी जंगलमा विभत्स अवस्थामा शव

बेलवारी,

मोरङको बेलवारी नगरपालिका– १० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनभित्र विभत्स अवस्थामा पूरुषको शव भेटिएको छ । बिहीबार राति अनुहार चिन्न नसकिने अवस्थामा भेटिएको शव ५१ वर्षीय कुमार खड्काको भएको प्रहरीले बताएको छ ।

उनी घरबाट सम्पर्कबिहीन भएको १७ दिन पुगेको थियो । गत बैशाख २ गतेबाट सम्पर्क बिहीन भएका स्थानीय खड्का बिहीबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव सडेर वरपर दुर्गन्ध फैलिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

घाँस दाउरा गर्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार मृतक खड्काको साथमा २ वटा विषादीका बट्टा र केही पैसा फेला परेको छ । गत वैशाख २ गते छेरासँग विवाद गरेर घरबाट निस्किएको खुलेको प्रहरीले जनाएको छ ।

घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका उनी २ दिन धरानस्थित आफन्तकोमा बसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरेको छ ।