Rumpum Advertisement

नाम र राजधानीका विषयमा बन्न सकेन साझा धारणा, अन्तिम समयमा थपियो दर्ता मिति

Neuro Revised Adv
Koshi Dashain ad
नाम र राजधानीका विषयमा बन्न सकेन साझा धारणा, अन्तिम समयमा थपियो दर्ता मिति

विराटनगर, बैशाख १९ ।

एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव तोकिएको समयमा दर्ता नभएपछि अर्को मिति तोकिएको छ ।

सभामुख प्रदिपकुमार भण्डारीले बैशाखमा दिएको निर्देशन बमोजिम बैशाख १९ गते सम्ममा प्रदेशको स्थायी राजधानी र नामको प्रस्ताव दर्ता गराउन तोकेको मितिमा कुनै प्रस्ताव दर्ता नभएपछि प्रदेश सभाबाट बैशाख २२ सम्मकालागि अर्को मिति तोकिएको छ ।

प्रदेश सभाका प्रमुख सचिव गोपाल पराजुलीले सभामुखको निर्देशन बमोजिम तोकिएको १९ बैसाख सम्मको मितिमा कुनै प्रस्ताव दर्ता नभएपछि बैशाख २२ गते सम्मकालागि बिहिबारै अर्को सूचना प्रकाशित गराएको जानकारी दिए ।

प्रदेशको स्थायी राजधानी र नाममा सहमती बनाउन सांसदहरु छलफलमा व्यस्त भएपछि बैशाख १९ गते विहिबार बस्ने एक नम्बर प्रदेशसभाको बैठक स्थगित भएको हो ।

सांसदहरु छलफलमा व्यस्त भएको जानकारी पाएपछि सभामुख प्रदिपकुमार भण्डारीले १९ गते दिउँसो १ बजे बस्ने भनिएको सभाको बैठक कारणवशको वहाना देखाउदै अचानक स्थगित गराएर २२ बैसाख आइतबार दिउँसो १ बजे बस्न सूचना प्रकाशित गराएका छन् ।

एक नम्बर प्रदेश सभामा १९ गते अपरान्ह्र ५ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव सचिवालयमा दर्ता नभएपछि सभामुखको निर्देशन अनुसार बैशाख २२ गते सम्मकालागि दर्ता समय थप गरिएको प्रमुख सचिव गोपाल पराजुलीले अपरान्ह्र अर्को सूचना प्रकाशित गरेका हुन् ।

एक नम्बर प्रदेशको नाम के हुने र स्थायी राजधानी कहाँ हुने भन्नेबारे राजनैतिक दलहरुबीच अझै साझा धारणा बनिसकेको छैन । बिहिबार प्रदेश सरकारसहित बसेको सर्बदलित बैठकमा साझा सहमती बनाएर नाम र राजधानी तोक्ने सहमती बनेपनि कहाँ र के नाम भन्ने प्रस्ट हुन सकेन ।

यसैगरि प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरु सत्ताधारी नेकपा र मुख्य प्रतिपक्षी काँग्रेसले आन्तरिक रुपले स्थायी राजधानी र प्रदेशको नामबारे साझा धारणा बनाइसको छैनन । काँग्रेसले आफुले प्रस्ताव नलाने भएकोले सरकारले के प्रस्ताव लान्छ सोही अनुसार सहमत असमहत प्रकट गर्ने पर्ख र हेरको नीति लिएको सचेतक सुयर्माराज राईले बताए ।

सांसद फकाउदै नेकपा

प्रदेशको नाम र स्थायी राजधानीबारे सांसदहरु बिभाजित भएपछि सत्ताधारी दल नेकपा साझा धारणा बनाउनकालागि सांसद फकाउन सकृय भएको छ ।

कुल ६७ जना मध्ये ३५ जना सांसदहरुले विराटनगर स्थायी राजधानी हुनुहुदैन वृहत्त विराट बिकास क्षेत्रभित्र हुनुपर्दछ भनि हस्तारक्षर संकलन गरेपछि साझा धारणा बनाउन नेकपालाई सकस परेको हो ।

यसैले नेकपाले १८ बैसाखमा बस्ने भनेको संसदिय दलको बैठक स्थगित गरेर पार्टीको बैठक डाकेर बुधबार साँझ सम्म राय लिएको थियो । बैठकले साझा धारणा बनाउन नेकपा प्रदेश हेडक्वार्टरलाई जिम्मेवारी दिएको थियो । यसैले प्रदेश ईन्र्चाज भीम आर्चाय र मुख्य मन्त्री समेतको पाँच सदस्यि समितिले बिहिबार दिनभर सांसदहरुसँग साझा धारणा बनाउनकालागि छलफल गरेको छ ।

विराटनगरस्थित बीग होटलमा नेकपा नेताहरुले बिभिन्न जिल्लाका प्रदेश सांसदहरुसँग अलग अलग भेट गरेर छलफल गरेका थिए । नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बिहिबार दिनभर सांसदहरुको धारणा बुझने काम भएको र उनिहरुकै धारणाको मतका आधारमा पार्टीले साझा धारणा बनाउने र सोही अनुसार प्रतिक्षी दलहरुसँग पनि छलफल गरेर टुंगो लगाउने बताए ।

वृहत्त विराटनगर स्थायी राजधानी माग गर्ने नेकपा सांसहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय विराटनगर राखेपनि प्रदेश सभा सुनसरीको ईटहरी र प्रदेश प्रमुखको कार्यालय धरान राख्नु पर्ने माग गरेका छन ।

तर राजधानी विकेन्द्रीत गर्दा जनताले सास्ती पाउने मत पनि बलियो भएकोले बिकल्प सहितको साझा धारणा बनाउन नेकपा लागेको स्रोतको भनाई छ । जस अनुसार विराटनगरलाई स्थायी राजधानी घोषणा गरेर पछि एकै ठाउँमा संरचना बनाएर मन्त्रालय र प्रदेश सभा राख्नेबारेमा पनि नेकपामा छलफल चलिरहेको छ ।