Rumpum Advertisement

कामदारकी श्रीमती करणी गर्ने उद्योगी पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
कामदारकी श्रीमती करणी गर्ने उद्योगी पक्राउ

विराटनगर बैशाख १९ ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आफ्नै उद्योगमा कार्यरत कर्मचारीकी श्रीमतीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार साँझ दीपक गौतमलाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–३ घर भएका गौतमलाई प्रहरीले पक्राउ गरेर बिहीबार जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन ७ म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ परेका गौतम विराटनगर–३ बरगाछीमा सञ्चालित ‘फस्ट ग्रेभियर’ उद्योगका सञ्चालक हुन् । गौतमले महिलामाथि बैशाख १५ गते साँझ ७ बजे उद्योगकै कोठा भित्र जवरजस्ती करणी गरेका थिए ।

महिलाका श्रीमान लामोसमयदेखि गौतमको उद्योगमा काम गर्दै आएका छन् । श्रीमानलाई तलब बढाइदिने प्रलोभन देखाउँदा अस्वीकार गरेपछि गौतमले जवरजस्ती करणी गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी श्रेष्ठले बताए ।

घटना आइतबारको भएपनि बुधवार मात्र प्रहरी समक्ष पुगेको थियो । महिलाले श्रीमानलाई घटना विवरण सुनाएपछि उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आएका थिए । प्रहरीका अनुसार उनीहरु गौतमले सञ्चालने गरेको कार्यालय परिसरको भित्रको क्वाटरमा बस्दै आएका थिए ।