Rumpum Advertisement

न्याय सम्पादनमा अगाडि पथरीशनिश्चरे

Neuro Revised Adv
Koshi Dashain ad
न्याय सम्पादनमा अगाडि पथरीशनिश्चरे

राजकुमारी तामाङ, पथरी
मोरङको पथरीशनिश्चरे नगरपालिका मोरङमा सबैभन्दा बढी विवाद मेलमिलापको माध्यमबाट निरुपण गर्ने नगर बनेको छ । जिल्ला अदालत मोरङबाट बिहीवार पुगेको न्यायाधीशसहितको टोलीले पथरीशनिश्चरे नगरको न्यायिक समितिको कार्य सम्पादन अन्य पालिकाको तुलनामा व्यवस्थित र बढी देखिएको बताएको हो ।

अनुगमन टोलीले नगरपालिकाको न्याय सम्पादन गर्ने कार्यसमेत व्यवस्थित रहेको बताएको छ । जिल्ला न्यायाधीश दीपक खनाल नेतृत्वमा पुगेको अनुगमन टोलीले वडा वडामा मेलमिलापकर्ता राखेर विवादको निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे ।

न्यायाधीश खनालले पथरीशनिश्चरेको न्याय सम्पादनका गतिविधि, प्रक्रिया र सक्रियता जिल्लामै अगुवा भएको बताए । उनले नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट बाँस्तोलाको सक्रियता सँगैको मेलमिलाप कार्यले समाजमा विवादका घटना कम हुँदै जान मद्दत पुग्ने बताए ।

पथरीशनिश्चरे नगरमा चालु आर्थिक वर्षको वैशाख १८ गतेसम्म २ सय १६ वटा उजुरी परेको थियो । त्यसमध्ये २ सय वटा उजुरीमाथि मेलमिलाप भइसकेको छ । गत वर्षमा २ सय वटा उजुरी परेको थियो । नगरमा प्रत्येक साताको बिहीवार र शुक्रवार उजुरीहरूउपर छलफल गरी मेलमिलाप गराउने कामको समय निर्धारण गरिएको छ ।