Rumpum Advertisement

किशोरी बलात्कार गरेको आरोपमा जोगी पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
किशोरी बलात्कार गरेको आरोपमा जोगी पक्राउ

खोटाङ,
खोटाङमा किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ मा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार सोही स्थान बस्ने २१ वर्षीय जीवनबहादुर जोगीलाई पक्राउ गरेको हो ।
जोगीले बालिकालाई ललाई फकाई गरी बुधवार साँझ करणी गरेको भनि १७ वर्षीया किशोरीका आफन्तले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ ।

पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भइरहको उक्त कार्यालयले जनाएको छ ।