Rumpum Advertisement

इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

Neuro Revised Adv
Koshi Dashain ad
इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

इटहरी
सुनसरीको इटहरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–५ पश्चिम लाईनमा बिहीबार यात्रुबाहक बसको ठक्करबाट इटहरी–८ बस्ने ७२ वर्षीय धनबहादुर भण्डारीको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा बिहान सवा ४ बजे ना७ख ७७३१ यात्रुबाहक बसले पैदल हिँडिहेका भण्डारीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारको लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

ठक्कर दिने बस र चालक मोरङ बेलबारी नगरपालिका–४ बस्ने बर्ष ३६ टंक खत्रीलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।