Rumpum Advertisement

पाँच वर्षदेखि दुबईको जेलमा थुनिएका खड्ग जोगी नेपाल फर्किए

Neuro Revised Adv
Koshi Dashain ad
पाँच वर्षदेखि दुबईको जेलमा थुनिएका खड्ग जोगी नेपाल फर्किए

सवीन घिमिरे
हत्याको आरोपमा दुबईको जेलमा परेका फेदाप गाउँपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्कबहादुर जोगी नेपाल फर्किएका छन् । दुबईको आबुधाबी जेलमा बिगत ५ वर्षदेखि थुनिएका उनी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

दुबईको अल गर्फ डेभलेपमेन्ट कम्पनीमा कार्यरत उनी फिलिपिनी नागरिकको हत्या गरेको आरोपमा बिगत पाँच वर्षदेखि जेलमा थिए । ड्युटी जाने क्रममा उनीसँगै रहेका फिलिपिनी नागरिक गाडीबाट खसेको र कम्पनीका सुपरभाइजरको सहमति लिएर उनलाई अस्पताल लैजाँदै गर्दा घाइतेको मृत्यु भएको थियो ।

फिलिपिनी नागरिकको मृत्यु भएलगत्तै जोगीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान दिएका थिए । तर, उनलाई दुबईको उच्च अदालतले हत्याको गरेको आरोपमा ५ वर्ष कैद र २ लाख दिराम अर्थात् करिब ६१ लाख ९४ हजार रुपैयाँ मृतको परिवारलाई ब्लडमनी बुझाउनुपर्ने फैसला सुनाएको थियो ।

उनको रिहाको लागि आवश्यक पर्ने ६१ लाख ९४ हजार रूपैयाँ नेपाललगायत विभिन्न मुलुकमा रहेका दाताहरूको सहयोगमा नेपाल सरकारका परराष्ट्रियमन्त्री प्रदिप ज्ञवाली समक्ष मूल समिति अध्यक्ष दुर्गा प्रसाद गिरी, सचिव खगेन्द्र जोगी, कोशाध्यक्ष कुमार गिरी, संघीय प्रदेशसभा सदस्य भवानी खापुंगलगायतको उपस्थितिमा बुझाइएको थियो ।

बिहान–बेलुकाको छाक टार्नसमेत मुस्किल पर्ने यो परिवारको यस्तो खबर सुनेपछि फेदाप २ ओयाक्जुंग ५ तेह्रथुमका समाजसेवी देव बाँस्कोटाले इजरायलबाट नेपाल गएर यो अभियान सुरु गरेका थिए । उनको सहयोगसँगै ६२ लाख रुपैयाँभन्दा बढी रकम देश तथा विदेशबाट जम्मा भएको थियो ।

यसै अभियानमा बाँस्कोटाको आफ्नै लगभग ७ लाख खर्च भएको र उक्त रकम उनले समितिबाट फिर्ता नलिने र बढी भएको रकम व्यवस्थापन खर्च कटाइ यस्तै समस्या परेका नेपालीलाई सहयोग गरिने बताए । आज मात्र काठमाडौँ अवतरण भएका उनी भोलि आफ्नो घर तेह्रथुम जाने भएका छन् ।