Rumpum Advertisement

प्रदेश एकको स्थायी राजधानी र नामाकरण मुद्दा : प्रदेशसभाको आजको बैठक स्थगित, वैशाख २२ गते बस्ने

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश एकको स्थायी राजधानी र नामाकरण मुद्दा : प्रदेशसभाको आजको बैठक स्थगित, वैशाख २२ गते बस्ने

विराटनगर
एक नम्बर प्रदेशको स्थायी राजधानी र नामको प्रस्तावले गर्दा आज प्रदेश सभाको बैठक प्र्रभावित भएको छ । प्रदेशको स्थायी राजधानी र नाममा सहमति बनाउन सांसदहरु छलफलमा व्यस्त भएपछि आज बस्ने सभाको बैठक प्रभावित भएको हो ।

सांसदहरू छलफलमा व्यस्त भएको जानकारी पाएपछि सभामुख प्रदीपकुमार भण्डारीले आज १९ गते दिउँसो १ बजे बस्ने भनिएको सभाको बैठक कारणवशको वहाना देखाउँदै अचानक स्थगित गराएका छन् ।

प्रदेशसभाको बैठक २२ वैशाख दिउँसो १ बजे बस्ने प्रदेशसभाका प्रमुख सचिव गोपाल पराजुलीले जानकारी गराएका छन् । एक नम्बर प्रदेशसभाले आज १९ गते अपरान्ह्र ५ बजेसम्म प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव सचिवालयमा दर्ता गराइसक्न निर्देशन गरको छ ।

यसैले नाम के हुने र राजधानी कहाँ हुने भन्नेबारे एक प्रदेश सरकारले राजनैतिक दल र सांसदहरुसँग निरन्तर छलफल गरिरहेको छ । आज प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईसहित सर्वदलीय बैठक बसिरहेको छ ।

उक्त बैठक सकेपछि नेकपा संसदीय दलको बैठक बस्नेछ । उता अन्य दलहरुले पनि छलफल थालिरहेका छन् । प्रदेश सरकारले चालु हिउँदै अधिवेशनभित्रै प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाउने प्रतिवद्धता गर्दै आएको छ ।

आज प्रदेशसभामा नाम र स्थायी राजधानीबारे प्रस्ताव दर्ता भएमा शुक्रबारदेखि सभाको बैठकबाट स्वीकृती लिएर छलफल सुरु हुन सक्नेछ ।