Rumpum Advertisement

संखुवासभामा विद्युतको झट्काले लागेर १ जनाको मृत्यु, ५ घाइते

Neuro Revised Adv
Koshi Dashain ad
संखुवासभामा विद्युतको झट्काले लागेर १ जनाको मृत्यु, ५ घाइते

संखुवासभा,
संखुवासभामा विद्युतको झट्काले लागेर १ जनाको मृत्यु भएको छ । घरमा जडान भएको विद्युत बाल्ने क्रममा तथा मोवाइल चार्ज गर्ने क्रममा विद्युतको झट्काले लागेर संखुवासाभामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका हुन् ।

बुधवार बेलुका साढे ७ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत बाल्ने क्रममा तथा मोबाइल चार्ज गर्ने क्रममा अचानक भोल्टेज धेरै आई करेन्ट लाग्दा स्थानीय २३ वर्षीय भुपाल बिकको मृत्यु भएको हो ।

यस्तै सो घटनामा ३६ वर्षीया तारा बिक, १४ वर्षीया मन्जु बिक, वर्ष ६५ की भगवती बिक, ६० वर्षीय कुलबहादुर बिक र ५६ वर्षीय धनमान बनेम घाइते भएका थिए । घाइतेहरूमध्ये भुपाल, तारा, मन्जु र भगवती बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाइएकोमा उपचारको क्रममा भुपाल बिकको राति १० बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अन्य घाइतेहरुको उक्त अस्पतालमा उपचार भइरहेको छ भने कुलबहादुर बिक र धनमान बनेमको बाह्रबिसे मेडिकल हल सभापोखरीमा उपचार भइरहेको छ ।