Rumpum Advertisement

पत्रिकामा बेरेर लागुऔषध ल्याउने महिला पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
पत्रिकामा बेरेर लागुऔषध ल्याउने महिला पक्राउ

विराटनगर, बैशाख १८ ।

सिमावर्ती भारतीय बजार जोगवनीबाट विराटनगर आउदै गरेकी महिलाको साथबाट ठूलो परिणामको लागुऔषधसहित बरामद भएको छ । बुधवार सशस्त्र प्रहरीको टोलीले पत्रिकाले बेरेर लुकाएर ल्याउदै गरेकी सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीय सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले पक्राउ गरेको हो ।

सिंहलाई विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा खटिएको सशस्त्र प्रहरीको टोलीले झोला चेकजाँच गर्ने क्रममा लागुऔषध फेला परेको थियो ।

महिलाको झोलाबाट लागुऔषध डाईजापाम ३ सय, एभिल ३ सय, लुपिजेसिक ३ सय गरेर जम्मा ९ सय एम्पुल र नाईट्रोसन १ सय ट्याब्लेट बरामद भएको छ ।

बरामद लागुऔषधसहित पक्राउ गरिएकी महिलालाई आवश्यक अनुसन्धान र कारवाहीकालागि ससत्र प्रहरीले इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको छ ।