Rumpum Advertisement

दुई श्रमिक उद्योग संगठन मोरङबाट सम्मानित

Neuro Revised Adv
Koshi Dashain ad
दुई श्रमिक उद्योग संगठन मोरङबाट सम्मानित

विराटनगर, बैशाख १८ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसरमा उद्योग संगठन मोरंगबाट दुई जना श्रमिक सम्मानित भएका छन ।

विराटनगर जुट मिल्स लिमिटेडमा ३६ वर्ष सेवा गरि हाल अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा कार्यरत विराटनगर १५ निवासी लक्ष्मी तामा¨ र रघुपति जुट मिल्स लिमिटेडमा कार्यरत वुढीगंगा गाउँपालिका ४ का बमवहादुर सुवेदी बुधबार उद्योग संगठन मोरङबाट सम्मानित भएका हुन ।

श्रमिक दिवसको अवसरमा उद्योग संगठन मोरङले आयोजनागरेको शुभकामना आदानप्रदान कार्यक्रममा बुधबार प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरे र संगठनका अध्यक्ष भीम घिमिरेले पुराना मजदुरद्वयलाई नगद ११ हजार र सम्मान पत्र सहित सम्मान गरेका हुन ।

१३० औ अन्तराष्टिय श्रमिक दिवसको अवसरमा उद्योग संगठनले समाजिक बिकास मन्त्री जीवन घिमिरको आतिथ्यमा जलापान कार्यक्रम पनि आयोजना गरेको थियो ।

बुधबार बिराटनगरमा नेपाल टे«ड युनियन महासंघ र अखिल नेपाल टे«ड युनियन महासंघले संयुक्त्त रुपमा श्रमिक दिवस मनाएका छन ।
बीरेन्द्र सभा गृहमा आयोजित संयुक्त सभामा सामाजिक विकास मन्त्री जीवन घिमिरे, नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटि नं. १ का अध्यक्ष किशोर धमला, अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश कमिटि नंं. १ का अध्यक्ष टिका प्रसाई, लगायत नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस मोरंगका अध्यक्ष लगायतले श्रमिक र उद्योगीहरुबीचको सम्बन्ध सृदृढ बनाउन सकेमा देशले संबृद्धि हासिल गर्नमो जोड दिए ।