Rumpum Advertisement

ताप्लेजुङबाट ४ नाल भरुवा बन्दुक बरामद, २ नाल प्रहरीलाई बुझाइयो

Neuro Revised Adv
Koshi Dashain ad
ताप्लेजुङबाट ४ नाल भरुवा बन्दुक बरामद, २ नाल प्रहरीलाई बुझाइयो

ताप्लेजुङ,
ताप्लेजुङको विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ भने २ नाल हतियार प्रहरीलाई बुझाएका छन् ।

मंगलवार बेलुका ७ बजे प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका–३ लिङखिममा रहेको ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको २ नाल, प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट–१ नाल, प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका–३ हाङपाङस्थित सोबुदा जंगलबाट–१ नाल भरुवा बन्दुक बरामद गरेको हो ।

त्यसैगरी पाथिभरा(याङवरक गाउँपालिका–१ नाङखोलेङ छिपछिपे बस्ने तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बरामद गरिएको बन्दुकको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।