Rumpum Advertisement

बिप्लवका पाँच कार्यकर्तालाई सुनसरी अदालतले जेल पठायो

Neuro Revised Adv
Koshi Dashain ad
बिप्लवका पाँच कार्यकर्तालाई सुनसरी अदालतले जेल पठायो

विराटनगर,

नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको प्रतिबन्धित नेकपामा कोशी व्यूरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना कार्यकर्तालाई अदालतले जेल पठाएको छ । न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले मंगलबार जिल्ला अदातल सुनसरीले व्यूरो संयोजक श्रेष्ठसहित सदस्य माधव गौतम, रमेश खड्का र देवकुमार साँवा लिम्बू र मोरङ इञ्र्चाज कृष्णकुमार श्रेष्ठलाई पूर्पक्षका लागि जेल पठाएको हो ।

१० चैत २०७५ मा मोरङको कानेपोखरीबा व्यूरो संयोजक ओखलढुंगाका श्रेष्ठ र काभ्रे घर भएका व्यूरो सदस्य माधव गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । यसैगरी १२ चैतमा मोरङको सुन्दरहरैँचाबाट भोजपुर घर भएका मोरङ इञ्चार्ज कृष्णकुमार श्रेष्ठ पक्राउ परेका थिए । १३ चैतमा सुनसरीको इटहरीबाट कार्यकर्ता रमेश खड्का र सुनसरीको पानमाराबाट १५ फागुनमा हतियारसहित पाँचथर घर भएका कार्यकर्ता देबकुमार साँवा लिम्बू पक्राउ परेका थिए ।

उनीहरूमध्ये लिम्बूलाई पूर्पक्षका लागि कारागार चलान गर्न र बाँकीलाई जनही ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो । अदालतबाट छुटेलगत्तै पक्राउ गर्न क्रम बढेकोले धरौटीमा छोड्न आदेश गरिएकाहरू पनि धरौटी जम्मा नगर्ने भन्दै कारागार गएका हुन् ।

मंगलबार अदालत परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकोले पनि उनीहरूले आपूmहरूलाई पक्राउ पर्ने ठानेर धरौटी नबुझाई कारागार गएका थिए । उनीहरूलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको थियो ।

पक्राउ परेका लिम्बूलाई हातहतियार तथा खरखजाना, संगठित अपराध र राजद्रोहको मुद्दा चलाइएको थियो । नियमित सम्पर्कमा रहेको आधारमा अन्य चार जनालाई पनि सोही मुद्दा मतियारको आरोप लगाइएको थियो ।