Rumpum Advertisement

खोटाङमा आगलागीबाट १४ लाखभन्दा बढीको क्षति

Neuro Revised Adv
Koshi Dashain ad
खोटाङमा आगलागीबाट १४ लाखभन्दा बढीको क्षति
साङ्केतिक तस्बिर

खोटाङ,
खोटाङमा आगलागीबाट १४ लाखभन्दा बढीको क्षति भएको छ । खोटाङको साकेला गाउँपालिका–३ मुङला बस्ने बहुदुर खड्काको घरमा आगलागी हुँदा अन्दाजी १४ लाख ४० हजार मूल्य बराबरको क्षति भएको हो ।

मंगलवार राति ९ बजे भएको उक्त आगलागीबाट खड्काको ढुंगामाटोले बनेको फुसको छानो भएको १ तलाको २ वटा घर र गोठमा आगलागी हुँदा घरसहित भित्र रहेको लत्ताकपडा, भाँडावर्तन, अन्नपात, १५ हजार मूल्य बराबरको खसी, नगद ३ लाख र २ तोला जलेर नष्ट भएको हो ।

आगलागी इलाका प्रहरी कार्यालय मात्तिमविर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएका थिए । उक्त आगलागी आज राति साढे १ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको हो । आगलागीको कारण खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।