Rumpum Advertisement

मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा

Neuro Revised Adv
Koshi Dashain ad
मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा


विराटनगर, बैशाख १७ ।

स्थायी राजधानीको माग गर्दै आन्दोलन गर्दै आएका धनकुटाबासीले सम्पर्क राजधानी पाएका छन् । प्रदेश १ को स्थायी राजधानी र प्रदेशको नामकरणको तयारी गरिरहेका बेला मंगलबार बसेको मन्त्री परिषद बैठकले मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।

राजधानीकोलागि आन्दोलन गर्दै आएका धनकुटाबासीको मागलाई ध्यानमा राख्दै  स्थायी राजधानी तोक्न अघि यस्तो निर्णय भएको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने मन्त्री परिषदको बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले बताएका छन् ।

प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधबार बोलाइएको छ । मन्त्रिपरिषद् बैठकले धनकुटा, भोजपुर र संखुवासभा हेर्ने गरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने समेत मंगलबारको निर्णयले गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको कानुन मस्यौदा समितिका संयोजक रेवतिरमण भण्डारीको कार्यकाल चालु बर्षको मसान्तसम्म थप गर्ने निर्णय गरेको कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार बैठकले केन्द्र सरकारबाट पदस्थापन भएका आएका कमचारीहरु मध्ये आठौंसम्मका कर्मचारीलाई सम्बन्धित मन्त्रालयमा पठाउने र मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको छ । बाँकी कर्मचारीलाई भने मुख्यमन्त्रीको कार्यालयले व्यवस्थापन गर्ने गरी कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि स्वीकृत गरेको छ ।

यस्तै योजना आयोगको गठन आदेशलाई संशोधन गरी मुख्य न्यायधिवक्ता, प्रमुख सचिव र सबै मन्त्रालयका सचिव रहने बनाइएको छ भने प्रदेशमा जाँचबुझ आयोग गठनका लागि कानुन बनाउन कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

मन्त्री परिषद बैठकले यातायात सेवा कार्यालय पनि धनकुटामा स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । उनका अनुसर धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमै सम्पर्क कार्यालय स्थापना हुनेछ ।

धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभा हेर्नेगरी यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।