Rumpum Advertisement

दश वर्षीया बालिकाले आत्महत्या गरेपछि बुबाविरुद्ध बलात्कार प्रयासको उजुरी

Neuro Revised Adv
Koshi Dashain ad
दश वर्षीया बालिकाले आत्महत्या गरेपछि बुबाविरुद्ध बलात्कार प्रयासको उजुरी

विराटनगर,
मोरङको बेलबारीकी एक बालिकाले आत्महत्या गरेपछि दिदीले बुबाविरुद्ध जवरजस्ती करणी प्रयास गरेको आराेप लगाउदै  प्रहरी  कार्यालय  उजुरी  दिएकी छन् । आइतवार बेलबारी नगरपालिका–११ बस्दै आएकी १० वर्षीया बालिकाले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

बहिनीले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुबाविरुद्ध जरवजस्ती करणी प्रयासको उजुरी गरेकी हुन् । १४ वर्षीया बालिकाको उजुरीपछि झड्केलो बुबालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जरवस्ती करणी उद्योगमा मुद्दा दायर गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

आफ्ना बुबाको दुर्घटनामा मृत्यु भएपछि तीन बालिकाहरू आमा र झड्केलो बुबास“ग बस्दै आएका थिए । आइतवार आमा–बुबा काममा निस्किएको बेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । बुबाले दिएको मानसिक तनावका कारण बहिनीले आत्महत्या गरेको भन्दै दिदीले उजुरी दिएकी हुन् । उनले बहिनीमाथि जवरजस्ती करणी भएको हुन सक्ने बताएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत वैशाख १ गते बुबाले ४ वर्षीया बालिकालाई जवरजस्तीकरणीको प्रयास गरेका थिए । तर, भागेर बचेकी उनले आफन्तलाई बुबाको व्यवहारका बारेमा सुनाएकी थिइन् । बदनाम हुने भन्दै आफन्तले घटनालाई घरभित्र ढाकछोप गरे । घटनापछि आफन्तले बुबालाई सम्झाएका थिए ।

तर, १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले दिएको जाहेरीका आधारमा झड्केलो बुबालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । बुबाको दुर्घटनामा मृत्युभएपछि तीन बालिकाकी आमाले दोस्रो विवाह गरेकी थिइन् ।