Rumpum Advertisement

प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुल्ला

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुल्ला

विराटनगर
प्रदेश एकका प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले वृहत विराटक्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७५ मंगलबार प्रमाणिकरण गरेका छन् । विद्येयक प्रमाणिकरणपछि लामो समयदेखि थाति रहँदै आएको प्रदेशको नामाकरण र राजधानीको बिषय टुंगो लगाउन प्रदेश सरकारलाई बाटो खुल्ला भएको छ ।

प्रदेश प्रमुखले हालसम्म २७ विद्येयक प्रमाणिकरण गरिसकेको प्रदेश प्रमुखका प्रेस सल्लाहाकार शेखर रेग्मीले बताए । नेपालको संविधानको धारा २०१ (१) र प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १११ बमोजिम प्रदेश सभाको बैशाख १५ गते बसेकोे तेस्रो अधिवेशनको ३३औँ बैठकले यो विद्येयकलाई पारित गरेको हो ।

१२ धारा रहेको विधेयकमा मोरङ र सुनसरी जिल्लाका गाउँपालिका, नगरपालिका र महानगरपालिकाको १८ क्षेत्रलाई समेटेर वृहत विराट विकासक्षेत्र बनाउने उल्लेख गरिएको छ । यसरी निर्माण गरिने वृहत्त विराटक्षेत्र निर्माणको लागि समिति गठन गरिने छ ।

समितिमा भौतिक पूर्वाधार मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारले मनोनयन गरेका महिला प्रदेशसभा सदस्यसहित ३ जना, १८ स्थानीय निकायबाट प्रदेश सरकारले मनोनयन गर्ने ३ जना, प्रदेश सरकारले मनोनयन गर्ने इन्जिनियर, कानून, व्यवस्थापन, शहरी योजना विषयका विज्ञ व्यक्तिहरूमध्येबाट १ महिलासहित ३ जना, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिवमध्येबाट प्रदेश सरकारले तोकेको सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव र प्रमुख कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

आयोजनाको ढाँचा, खाका र मापदण्ड निर्माण गर्न प्रदेश सरकारले वृहत्त क्षेत्र विकास समिति गठन गर्न लागेको हो ।