Rumpum Advertisement

नोबेलले ३२ करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको बगैंचा र पार्किङ बनाउने (भिडियोसहित)

Neuro Revised Adv
Koshi Dashain ad
नोबेलले ३२ करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको बगैंचा र पार्किङ बनाउने (भिडियोसहित)

विराटनगर,
नोबेल शिक्षण अस्पताल परिसरमा ठूलो लगानीमा अन्तर्राष्ट्रियस्तरको बगैंचा र पार्किङ बनाईने भएको छ । अस्पताललाई व्यवस्थित, स्वच्छ एवं मनमोहक वातावरण बनाउन नोबेलले ३२ करोडको लागतमा बगैंचा र पार्किङ बनाउन लागेको हो ।

अस्पतालहरूमध्ये नेपालमै पहिलो पटक अत्याधुनिक रुपमा बनाउन लागिएको बगैंचा र पार्किङको काम आगामी २०७७ साउनसम्ममा पूरा हुने अस्पताल सञ्चालक डा.सुनिल शमाको भनाई छ । ‘निर्माण कम्पनीसँग सम्झौता भईसकेको छ,’ डा.शर्माले भने, ‘अबको १५ महिनाभित्र अन्तर्राष्ट्रियस्तरको बगैंचा बनिसक्छ ।’

यसका लागि नमुना कन्ट्रक्सनसँग निर्माण सम्झौता भएको छ । टेक्नोक्य्राट कन्सल्टेन्ट प्रा.लि. र ड्रिम डेभलपर्स प्रा.लि.ले गार्डेन डिजाईन गरेका छन् । आगामी साताबाटै काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

अस्पताल भवन अगाडिको करिब ५ बिगाहा क्षेत्रफलमा बन्ने बगैंचा मनमोहक हुनेछ । बगैंचामा बच्चाहरूका लागि बाल उद्यान, बिरामी र कुरुवाका लागि क्यान्टिन, मन्दिर, पानीको फोहोरा, बोटबिरुवा र बस्नका लागि आरामदायी कुर्सीहरू राखिनेछ ।

त्यस्तै सामाग्री खरिदका लागि सुपरमार्केट, कपाल तथा दाह्री काट्नका लागि सैलुन, फार्मेसी, प्याराफिटसहितको स्टेजलगायत रहनेछ । त्यस्तै व्यवस्थित पार्किङ पनि बनाईने इन्जिनियर ढकेन्द्र बमले बताए ।

व्यवस्थित रुपमा बन्ने बगैंचाको मनमोहक वातावरणका कारण बिरामी र कुरुवाको अस्पताल बसाइ मनोरम हुँने विश्वास गरिएको अस्पतालका प्रवन्ध निर्देशक इन्दिरा शर्माको भनाई छ । ‘बिरामी र कुरुवाले अस्पताल परिसरमा घुम्दा स्तरीय पार्कको आभास गर्नेछन्,’ उनले भनिन् ।

गुणस्तरीय उपचार र स्तरीय चिकित्सा शिक्षाका कारण लोकप्रिय बन्दै गएको नोबेल शिक्षण अस्पतालले सोहि अनुरुप स्तरीयता बढाउँदै लगेको हो ।