Rumpum Advertisement

नागरिकता बनाईदिने भन्दै १० हजार लिने प्रहरीको फन्दामा

Neuro Revised Adv
Koshi Dashain ad
नागरिकता बनाईदिने भन्दै १० हजार लिने प्रहरीको फन्दामा

इनरुवा,
सुनसरीमा नागरिकता बनाईदिने भन्दै १० हजार लिने पक्राउ परेका छन् । सुनसरीको इनरुवा नगरपालिका–३ मा नागरिकता बनाई दिने आश्वासन देखाउँदै १० हजार लिदै गरेको अवस्थामा प्रहरीले सोमबार चेतप्रसाद अधिकारीलाई पक्राउ गरेको हो ।

सोमबार दिउँसो पौने २ बजेको समयमा जिल्ला प्रशासन कार्यालयअगाडि इहहरी उपमहानगरपालिका–९ बस्ने ४६ वर्षीया देवी मण्डललाई नागरिकता बनाई दिने भन्दै इनरुवा–१ का लेखापढी व्यवसायी गर्ने अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।