Rumpum Advertisement

डाँका तथा जबरजस्ती करणी गरि ९ वर्षदेखि फरार एक जना पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
डाँका तथा जबरजस्ती करणी गरि ९ वर्षदेखि फरार एक जना पक्राउ


विराटनगर, बैशाख १६ ।

डाँका चोरी तथा जबरजस्ती करणी गरी १४ वर्षभन्दा बढी कैद सजाय तोकिएका मोरङ ग्रामथान ६ का ३२ वर्षीय पप्पु मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

मियाँलाई इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरी टोलीले ग्रामथान ६ बाट लुकिछिपी हिंडेको अवस्थामा पक्राउ गरेको छ ।

मियाँले २०६४ साउन ६ गते साविक वैजनाथपुर ५ का सुरेन्द्र बुढाथोकी, भदौ १५ गते साबिक टंकिसिनवारी २ का रामकुमार बुढाथोकी को घरमा चोरी गरेका थिए ।

यस्तै विराटनगरको एक घरमा भदौ १५ गते राती नै साविक विराटनगर ४ को एक घरमा विभिन्न धनमाल डाका गरी जबरजस्ती करणी समेत गरेको  ७/ ८ जना मध्ये मो जबार मियाँ, पप्पु मियाँ, रजाबुल मियाँलाई मिति २०६४ भदौ २२ गते पक्राउ गरी गरिएको थियो ।

तत्कालिन पुनरावेदन अदालत विराटनगरले २०६८असार ३० गते डाँका तथा जबरजस्ती करणी मुद्दामा पप्पु मियाँलाई डाकातर्फ ६ वर्ष कैद र ६४ हजार ५० रुपैयाँ जरिवाना र जबरजस्ती करणीतर्फ ११ वर्ष कैद गरी जम्मा १७ वर्ष कैद ६४ हजार ५० रुपैयाँ जरिवाना ठहरी गरेको थियो ।

पप्पु मियाँ २०६४भदौ २२ गतेदेखि ०६७जेठ १० गतेसम्म २ वर्ष ६ महिना १८ दिन थुनामा बसी भुक्तान गरी १४ वर्ष ५ महिना १२ दिन कैद बाँकी रहदाँ फरार भएका थिए ।

उनलाई आइतबार पक्राउ गरी जिल्ला अदालत मोरङमा पेश गरिएको र बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार मोरङ पठाइएको छ ।